|

काठमाडौं : चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमको विमान ४ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने  ‘ खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट प्रदेशमा पठाउन लागेका छौँ।‘

हिजो आएको खोप प्रदेश पठाइसकियो

हिजो मात्रै आएको ८ लाख खोप प्रदेश पठाइसकिएको समेत थापाले बताए। उनका अनुसार प्रदेश एकमा ३ लाख ३९ हजार डोज, प्रदेश २ मा २ लाख ७३ हजार , कर्णाली प्रदेशमा ८६ हजार ७ सय डोज खोप पठाइएको उनले बताए।

यस्तै आज आएको खोप पनि गण्डकी प्रदेश, ३ नम्बर प्रदेशको हेटौँडा , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पठाउने तयारी भइरहेको उनले बताए। ‘कुन प्रदेशमा कति पठाउने भन्ने एकिन भएको छैन तर आज आएको खोप बाँकी रहेका प्रदेश पठाउने तयारी भएको छ।‘

सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खरिद गरेको थियो। सोही खोपको दोस्रो खेप आज आएको हो। यसअघि पहिलो खेप गत २५ असार २५ गते ८ लाख डोज ल्याइएको थियो। सरकारले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियान चलाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.