|

अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।

बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका-१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला परेको हो।

बाख्रा चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव पाँच दिनपछि भेटिएको हो। शव आफन्तको जिम्मा लगाइएको  प्युठान जिल्ला प्रहरी  कार्यलयका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.