|

धनगढी : कैलाली र कञ्चनपुरमा ट्राफिक प्रहरीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर ‘रिफ्लेक्टिव बेल्ट’लगाउने अभियान थालेको छ। 

कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान थालिएको हो।

दुर्घटना न्यूनिकरणका लागि सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर लगाउने अभियान थालेको कैलाली ट्राफिक प्रहरीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए।

सडक तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा रातको समयमा टल्कने स्टिकर लगाउने गरिएको छ। शनिबार धनगढी अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा रहेका छाडा चौपायामा ‘रिफ्लेक्टिव बेल्ट’ लगाएको प्रहरी निरीक्षक बोहराले बताए।

रातिको समयमा सवारी चालकले सहजै छाडा चौपायालाई देख्न सक्ने उनको भनाई छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पनि पूर्वपश्चिम राजमार्ग सडकखण्ड तथा मुख्य बजार क्षेत्रमा छोडिएका पशु चौपायामा टल्कने स्टिकर लगाउन थालेको छ।

रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि शुक्रबार अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाको टोलीले छाडा पशु चौपायामा रिफ्लेक्टिव वेल्ट लगाएको गुलरिया प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक सावनसिंह भाटले बताए।

छाडा छोडिएका चौपाया रातको समयमा सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेकोे छ।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.