|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ।

साढे आठ करोडमा निर्माण गरिएको नव निर्मित भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।

अहिले उपमहानगरपालिकाले विभिन्न छुट्टाछुट्टै भवनबाट सेवाहरु प्रदान गर्दै आएकोमा भवनको निर्माण पछि सबै प्रकारका सेवा एउटै भवनबाट प्राप्त हुने छन्।

नयाँ भवनको निर्माण भएपछि सबै शाखाका कर्मचारीका लागि कोठा पुगेका छन्। सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहमा अझैं सुधार आउने नगर प्रमुख साहले विश्वास व्यक्त गरे। 

नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तीन करोड तथा उपमहानगरपालिकाको साँढे पाँच करोड गरी आठ करोड ५० लाखको लागतमा भवन निर्माण भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.