|

विराटनगर : दिक्तेल–उदयपुर सडक खण्डमा रहेको सेल्फि डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्र बन्दै गएको छ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट करिब १० किलोमिटरको दूरीमा रहेको सेल्फि डाँडाबाट उदयपुर जिल्लाको दृष्य अवलोकन गर्न सकिन्छ।

समुन्द्र सतहदेखि करिब सात सय मिटर उच्चाइँमा रहेको सेल्फि डाँडा भ्रमणका लागि उदयपुरवासी मात्रै नभएर बाह्य जिल्लाबाट पनि पर्यटक आउने गरेको स्थानीय पत्रकार गजेन्द्र राईले बताए।

साँझको समयमा पारिवारीक जमघट, सेल्फि खिच्ने, टिकटक बनाउनका लागि युवादेखि वृद्धसम्मको घुइँचो लाग्ने गरेको उनले सुनाए। ‘यो सेल्फि डाँडाबाट उदयपुरको सिंगो भूगोललाई नियाल्नका लागि उदयपुरवासी मात्रै नभएर अन्य जिल्लाबाट पनि भ्रमणका लागि आउने गरेका छन्,‘उनी भन्छन्,‘साँझको समय यो डाँडाबाट उदयपुर बजार रामाइलो देखिने भएकाले साँझ धेरै मानिसको चाप हुन्छ।’

सेल्फि डाँडाबाट गाईघाट बजारलाई पृष्ठभूमिमा राखेर सेल्फि खिच्न, टिकटक बनाउनका लागि मानिसहरु आउने गरेको उनी बताउछन्। विराटनगरका भवेस पौडेल सेल्फि डाँडामा साथीहरुसँग तस्विर कैद गर्दै गर्दा भेटिए। कोरोना महामारी, विराटनगरको तातो घामलाई केही क्षण भुलाउन उदयपुर घुम्न पुगेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.