|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.३१ अंकले उकालो लागेको छ। योसँगै नेप्से हालसम्मकै उच्च ३०५८.६८ को विन्दुमा उक्लिएको हो।

योसँगै नेप्सेले यसअघि गत जेठ ३१ गते बनेको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत जेठ ३१ गते नेप्सेले ३०२५.८३ को विन्दु चुमेको थियो। आइतबार कारोबार रकम पनि सवा १४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.७४ अंकले उकालो लागेको छ।

योसँगै सेन्सेटिभ इन्डेक्स ५७४.०२ को विन्दुमा उक्लिएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने दुई वटामा रातो पोतिएको छ।

आज बैंकिङ समूहमा उछाल आएको छ। यो समूहमा ३.४३ प्रतिशतले वृद्धि भएको छ। जलविद्युत् समूह २.३९ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०.२७ प्रतिशत, वित्त समूहमा ०.९९ प्रतिशत, लगानी समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.२० प्रतिशतले वृद्धि भएको छ।

यस्तै उत्पादन तथा प्रशोधन समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, अन्य समूहमा ०.२८ प्रतिशत र व्यापार समूहमा ०.०७ प्रतिशतले वृद्धि भएको छ। आज म्युचुअल फन्ड समूह १.२९ प्रतिशत र होटेल तथा पर्यटन समूहमा ०.७१ प्रतिशतले गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आइतबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २३ कम्पनीका ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार चार सय ७२ रुपैयाँको कारोबार भएको छ। नेपाल बैंकको सर्वाधिक ४९ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनसीसी बैंकको ३४ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको ३४ करोड २ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआईसी एसिया बैंकको ३३ करोड ८० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३३ करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३१ करोड ६५ लाख रुपैयाँ, प्रभु बैंकको २९ करोड ९० लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड १० लाख रुपैयाँ, मेगा बैंकको २७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आइतबार नौ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी जलविद्युत, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो।

अरुण काबेली पावरको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। आज ओरियन्टल होटलका सेयरधनीहरुले धेरै गुमाए। यो होटलको सेयरमूल्य तीन प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.