|

अर्घाखाँची : कोरोनाका कारण सन्धिखर्क नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको मृत्यु भएको छ। 

सन्धिखर्क नगरपालिका-८ किमडाँडा घर भएका उनको उपचार क्रममा काठमाडाैंको ह्याम्स अस्पतालमा आज मृत्यु भएको हो। 

कोरोना संक्रमणपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएका ६१ वर्षीय भुसालको अवस्था गम्भीर बनेपछि ४ दिनअघि हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाैं लगिएको थियो।

स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापक रहेका भुसाल शिक्षक पेसाबाट अवकाश पाएपछि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

उनी स्थानीय तहमा लोकप्रिय नेताको रूपमा परिचित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.