|

काठमाडौं : भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गतको दोस्रो म्याच स्थगित गरिएको छ। भारतीय क्रिकेट टिमका सदस्य क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि म्याच स्थगित गरिएको हो। 

भारत र श्रीलंकाबीचको दोस्रो खेल आज राति सवा ८ बजदेखि सुरु हुने तालिका रहेको थियो। ​पाण्ड्यालाई कोरोना पुष्टि भएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई सेल्फ आइसोलेसनमा पठाइएको जनाइएको छ। 

स्थगित भएको दोस्रो टी–२० बुधबार हुने बिसिसिआईले जनाएको छ। तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ। कोलम्बोमा आइतबार भएको पहिलो खेलमा घरेलु टोली श्रीलंकामाथि भारत ३८ रनले विजयी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.