|

बर्दिया : हत्यारा र बलत्कारीलाई कारबाही माग गर्दै बर्दियाका बालिकाहरूले फेरि नाराजुलुस गरेका छन्।

निर्मला हत्याको ३ वर्ष पुगिसक्दा पनि अझै न्याय नपाउनु दुःखद् भएको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। बलात्कारपछि हत्या गरिएका निर्मला पन्तलगाय चेलीहरूको न्यायका लागि नारा जुलुस र दीप प्रज्वलनसहित शान्तिपूर्ण प्रदर्शन गरिएको हो।

बलत्कारीलाई कारबाहीलाई माग गर्दै बालिकाहरूले बर्दियाको भुरिगाउँमा प्रदर्शन गरेका हुन्। पछिल्लो समय देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारविरुद्ध विकासप्रेमी यवा समूह, प्राज्ञिक विद्यार्थी परिषद्लगायतले सरकारलाई दबाब दिन नाराजुलुस गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.