|

लमजुङ : राईनास नगरपालिकामा लगाइएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिन थालेको छ। असार रोपिएको धान बालीमा किराको प्रकोप देखिन थालेको हो।

नगरपालिकाअन्तर्गत मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानमा काँडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको राइनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए। रोपाइँ भएको एक महिनाकै अवधिमा किराको प्रकोप देखिएपछि हो।

किसानहरुले दिएको जानकारीअनुसार राइनास नगरपालिकाको तीनपिल्ले गरमवेशीलगायतका क्षेत्रमा किराको प्रकोप देखिएको छ। किराको प्रकोप देखिएसँगै नगरपालिकाले किराले गर्ने नोक्सानी र यसको नियन्त्रणबारे जानकारी दिएको श्रेष्ठले बताए।

वयस्क खपटे किरा नीलो र कालो रंगको काँडेदार पखेटा भएको हुने र यसले क्षति पु¥याएको पातमा सेता धर्सा देखिने कृषि शाखा प्रमुख श्रेष्ठले बताए। किराले धानको पात र गुभो खाएर बिरुवा नै सुक्ने र  धानबालीलाई नष्ट पार्न सक्ने उनको भनाइ छ।

किरा नियन्त्रण गर्न पातको टुप्पामा फुल देखिएमा टुप्पो चुँडेर नष्ट गर्नुपर्ने शाखा प्रमुख श्रेष्ठले बताए। त्यस्तै, खेतमा पानी जमाउने र पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्न आग्रह गरेको छ। प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा क्लोरपाइरीफल पानीमा मिसाई प्रयोग गरी नियन्त्रण गर्न सकिने श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.