|
फाइल फोटो

काठमाडौं : आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा  भने भीषण वर्षा हुन महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.