|

झापा : झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान श्रीमतीको घटना स्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घटना स्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृत्यु भएको हो। बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.