|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको उपाध्यक्ष भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रघाती भएको बताएका छन्। नेपालको संविधान, कानुन र राष्ट्रिय हितविपरीत भएकाले संशोधनबिना सम्झौता गर्न नहुने बताएका हुन्। 

उनले ट्विटरमा लेखेका छन्, 'नेपालको संविधान,कानुन,राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाई एमसिसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरणतर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।'

एमसिसीको विषयमा प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनले पनि त्यसलाई हेक्का राख्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.