|
फाइल फोटो

काठमाडौं : जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन्। 

हिट चरणमा गौरिकाले १ मिनेट ०० दशमलब ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यस अघि उनकै नाममा १ मिनेट ०० दशमलब ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। 

सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। सुरुको ५० मिटरमा राम्रो प्रदर्शन गर्दै अग्रस्थानमा रहेकी गौरीका त्यसपछिको ५० मिटरमा पछाडी परेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.