केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय पनि

|

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।

पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव छन्।

कार्यदललाई काम सक्न १७ साउनसम्मको समय दिइएको छ। बैठकले केही समयअघि पार्टीमा एकीकरण गरेको नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह) का अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समितिमा थप्ने निर्णय गरेको छ।

यस्तै पार्टी आधिकारिकताका लागि हेड काउण्ट दिन तटस्थ बसेका रेशम चौधरी उपेन्द्र यादवकै पक्षमा खुलेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.