|

काठमाडौं : उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ। यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। काठमाडौं महानगरका ३२ वटै वडामा भने आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।

खोप अभियान साउन १८ गतेसम्म जारी रहने बताइएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको छ। यसअघि सीमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भिडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालका अनुसार जिल्लाका ७२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ। ललितपुर महानगरमा भने भोलि शुक्रबारदेखि खोप लगाइने भए पनि अन्य स्थानीय तहमा आजैदेखि खोप अभियान सुरु भइसकेको छ।

खोप लगाउनका लागि उमेर खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र वा केही नभए वडा कार्यालयबाट उमेर प्रमाणित भएको कागजात आवश्यक पर्नेछ। अत्यावश्यक सेवामा कार्यरतहरुका लागि काठमाडौंमा पाँच वटा खोप केन्द्र तोकिएको छ।

खोप लगाउनका लागि राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल, टिचिङ अस्पताल, सिभिल अस्पताल र टेकु अस्पतालमा केन्द्र तोकिएको विभागले जनाएको छ।

सिभिल अस्पतालमा खोप लगाउँदाका केही दृश्‍य झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.