|

काठमाडौं : बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार १५.११ अंकले गिरावट आएको छ। नेप्से सूचक ३०७९.८३ विन्दुमा आएको छ।

बिहीबार १० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। कुल २१७ कम्पनीको २ करोड ६० लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। नेप्सेमा दोहोरो अंकले गिरावट आए पनि होटल तथा पर्यटन र विकास बैंक लगानीकर्ताको आकर्षण कायमै छ।

आज होटल समूह ४५.११ अंक र विकास बैंक समूह ५३.४ अंकले वृद्धि भएका छन्। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४ अंकले घटेर ५७०.९२ को विन्दुमा समेटिएको छ। यो दिन वित्त समूह सर्वाधिक १.९४ प्रतिशतले ओरालो लागेको छ।

लगानी समूह १.१३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४८ प्रतिशत, जलविद्युत समूहमा ०.८८ प्रतिशत, जीवन बीमा समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गुडविल फाइनान्सको सर्वाधिक ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २२ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोको १९ करोड १६ लाख रुपैयाँ, अपी पावरको १७ करोड ९८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँ र युनिभर्सल पावरको १६ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज रिडी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमुल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। आजबाट कारोबारमा आएको जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। आज गुडविल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य सात प्रतिशतले बढीले घटेको छ। 

जीवन विकासको सेयर पहिलो दिनमै ९८९ रुपैयाँ  

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर पहिलो दिनको कारोबारमै प्रतिकित्ता ९ सय ८९ रुपैयाँमा कारोबार भएको छ। पहिलो दिन उसको १०० कित्ता सयेर खरिदबिक्री भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम् ९१५.८१ रुपैयाँ तोकेको थियो। नेप्सेले तोकेकै रेन्जभित्र सेयर किनबेच भएपछि यो संस्थाको सेयर नियमित कारोबारका लागि खुलेको छ।

जीवन विकास लघुवित्तको सेयर हिजो बुधबार नेप्सेमा सूचीकृत भएको थियो। जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो।

जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए। यो लघुवित्तले गत असार २३ गते आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.