दुई दिनभित्र निर्णय आउने विश्वास

|

काठमाडौं : बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ। बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएकाे हो।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिए। उनले भने,‘आजको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यून विद्यार्थी भएका विद्यालयका खोल्नुपर्नेबारे छलफल भएको छ,अबको एक दुई दिनमा सहमति होला।’

उनका अनुसार  बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्साल, प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारीहरू सहभागी थिए। छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइनेछ।

त्यस्तै, अध्यक्ष भण्डारीले कक्षा-१२ परीक्षा हुनुअगावै परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गरेका छन्। वैशाख १६ गते निषेधाज्ञा जारी भएदेखि बन्द भएकाे शैक्षिक संस्थाहरू अहिलेसम्म पनि सञ्चालनमा राेक लगाइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.