|

विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।

जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा १० हजार १४० जनाको संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १ हजार ३५४, रसियामा ८००, भारतमा ५४९, अमेरिकामा ३७१, अर्जेन्टिनामा २९१, वेलायतमा ८५ जनाको मृत्यु भएको भएको छ।

कुल १९ करोड ७३ लाख संक्रमितमध्ये १७ करोड ८४ लाखभन्दा बढी निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.