|

काठमाडौं : गाँउ शहर गल्ली चोक घरघर जाऊँ

                माओवादी केन्द्रलाई विजय गराऊँ 

                गणतन्त्र ल्याउने पनि माओवादी

                राजतन्त्र फाल्ने पनि माओवादी... 

आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनावमा माओवादीलाई जिताउन आग्रह गर्दै जनसांस्कृतिक महासंघका उपाध्यक्ष झन्कार बुढामगरले युट्‍यूबमार्फत यस्तो गीतको भिडियो सार्वजनिक गरेका छन्। 

माओवादी केन्द्रका नेता मणी थापाको शब्द-संयोजन रहेको यस गीतमा  झंकार बुढा मगर, केशरी घर्तीमगर, प्रगती महरा, बिहानी विश्वकर्मा लगायतको स्वर छ। यस गीतमा झंकार बुढामगरले संगीत भरेका छन्। 

आइतबार युट्यूबमार्फत सार्वजनिक भएको भिडियोमा सामना परिवारका कलाकारले नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड' ले विभिन्‍न समयमा दिएका भाषण तथा पूर्व जनमुक्ति सेनाका फाइल फुटेजहरु पनि  समावेश गरिएको छ।

हेर्नुहोस् भिडियाे :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.