|
प्रतीकात्मक फोटो

जनकपुरधाम : धनुषाको बरमझिायाबाट सोमबारदेखि हराइरहेकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। गणेशमान चारनाथ नगरपालिका–१० बरमझियाका वीरेन्द्र यादवकी छोरी प्रितीको शव शुक्रबार बिहान इनारमा फेला परेको हो।

बालिका सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा बेपत्ता भएकी थिइन्। उनको शव घरदेखि ५०० मिटरको दूरीमा रहेको एक इनारमा कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोलीले घटना स्थल पुगेर घटना स्थलको प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। शव प्रकृति हेर्दा बालिकाको हत्या गरेर इनारमा फालिएकोजस्तो देखिए पनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.