|

काठमाडौं : नेकपा एमाले साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। साउन १५ का अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रममा दलका विभिन्न नेता र कार्यकर्ताको उपस्थित थिए।

दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको पार्टीले जनाएको थियो। नेपाली समाजमा असार १५ गते दहीच्युरा र साउन १५ मा खीर खाने गरिन्छ।

यस अवसरमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कोही पनि नेता तथा कार्यकर्ता त्यहाँ देखिएनन्। एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई खीर खाने कार्यक्रममा निम्ता दिए पनि नेपाल समूहले भने यसबारे कुनै जानकारी नपाएको बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.