|

काठमाडौं :  मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि ९ पुस्तक सार्वजनिक गरेको छ।

गुठीले शुक्रबार सार्वजनिक गरेकाे पुस्तककाे सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे,मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेका छन्।  ‘मदन पुरस्कार-२०७७’ का लागि गुठीलाई कुल २२२ पुस्तकहरू प्राप्त भएको गुठीले जनाएको छ।

प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनाेटको एउटा आधार बनाइएको थियो। छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.