|

काठमाडौं : देशभर पछिल्लो समय थप तीन हजार ६ सय ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ६ सय ६१ जनामा कोरोना परीक्षण गरिएको थियो।

याे अवधिमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लाे २४ घण्टामा एक हजार ८ सय १६ जना कोरोना मुक्त भएका छन्।

यस्तै काठमाडौंमा पाँच सय ५६,भक्तपुरमा ७६ र ललितपुरमा एक सय ८७ जना गरी उपत्यकाभित्र कूल ८ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.