|

काठमाडौं : अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ।

नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी तीन सदस्यीय समिति समेत गठन गरेको छ।

अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यहरुलाई लागि पर्न आह्वान समेत गरे। नाडाको तीन हजार तीन सय ६५ जना सदस्य रहेका छन्।

२० जना केन्द्रीय कार्य समितिका लागि निर्वाचन हुनेछ। नाडाको संशोधित विधान २०७७ अनुसार नाडाका आठ संस्थागत एशोसिएशनका अध्यक्षले स्वतः केन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्नेछन्।

त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले गर्नेछ। यसरी नाडाको केन्द्रीय कार्य समितिको संख्या २९ जनाको हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.