|

जनकपुरधाम : ​ महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको १२१ बोरा युरिया मल नियन्त्रणमा लिएको छ। महोत्तरीस्थित भारत-नेपाल सीमासँगै जोडिएको जलेश्वर नगरपालिका ५ पर्सापतैली टोलबाट भन्सार कार्यालयको प्रतिनिधिको रोहवरमा प्रहरीले मल नियन्त्रणमा लिएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले विशेष सूचनाका आधारमा छापा मारी घरमै स्टोर गरी राखिएको मल नियन्त्रणमा लिन सफल भएको बताए। 

सोही वडाका राघवेन्द्र रायको घरबाट करिब ५० बोरा र सोही ठाउँ बस्ने धर्मेन्द्र रायको घरबाट करिब ६० बोरा मल प्रहरीले भेटाएको हो। हाल मुचुल्का उठाउने र बरामद मल गन्ती हुनेलगायत प्रक्रिया चलिरहेकोले यकिन परिमाण अझै खुल्न समय लाग्ने बताए।

महोत्तरीमा मल अभावमा किसानहरूलाई असहज भइरहेको बेला भारतीय व्यापारीहरूले निर्बाध रूपमा कालोबजारी गरिरहेको गुनासो बढ्न थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.