|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। बिहान ११ बजे संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने सांसद मोहम्मद इस्तियाक राईले बताए।

उनका अनुसार सहमतिबाटै अध्यक्ष उपेन्द्र यादवलाई दलको नेता चयन गर्ने तयारी गरेको छ। नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन। जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो।

तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो। केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.