|

ललितपुर : ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ।

संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले शनिबार विज्ञप्ति जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन ५०० जनालाई खोप लगाइने जानकारी गराएका छन्। सूचनामा खोप पर्याप्त नभएकाले छिट्टै बढाउन संघले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ।

न्याछ्योंद्वारा हस्ताक्षरित सूचनामा विज्ञप्तिमा बाँकी रहेका पाँच स्थानीय तहका  उद्योगी तथा व्यवसायीलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराएकको छ। यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले यही आउँदो आइतबार अपराह्न ३ बजेभित्र संघको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.