|

इराककाे राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन्।

इराकको उत्तरी क्षेत्र यात्रीब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए। त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको छ।

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन्। बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए। उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.