|

काठमाडौं : प्रहरीले बर्दियामा तीन जना फरार प्रतिवादी पक्राउ गरेको हो। बिभिन्न मुद्दामा अदालतबाट सजाए सुनाइएका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी अदालत बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा राजापुर नगरपालिका–१ का अशोक चौधरी र केशव थारु छन्।

यस्तै बारबर्दिया नगरपालिका–८ का २७ वर्षीय सुमन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। अशोक र केशवलाई जिल्ला अदालतले २०७२ चैत्र ९ गतेको केही सार्बजनिक अपराध मुद्दामा जनही पाँच हजार जरिवानाको सजाय सुनाएको थियो।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय राजापुरको टोलीले शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको शाहीले जानकारी दिए। यस्तै सुमनलाई जिल्ला अदालतले पुस १५ गते सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय सुनाएको थियो।

उनलाई ईलाका प्रहरी कार्यालय जयनगरको टोलीले पक्राउ गरी जिल्ला अदालत बुझाएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.