रौतहट : प्रहरीले एक होटलबाट ९ जुवाडे पक्राउ गरेको छ। शनिबार बिहान चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ७९ हजार ६ सय ९० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिश जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल, वडा नम्बर १ का ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय र वडा नम्बर ७ का ४२ वर्षीय उपेन्द्र राउत छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।