माधव नेपाल भेट्न रावलसहितको नेताहरु कोटेश्वरमा

|
फाइल फोटो

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णायक भनेर बोलाएको स्थायी कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ। 

शनिबार दिउसाे ३ बजेका लागि बाेलाइएकाे बैठक सुरु भएलगत्तै भाेलि सम्मका लागि स्थगित भएकाे हाे। 'बैठक सुरु हुनासाथ अध्यक्षले तपाइँहरुको छलफलको प्रगति के छ ? भनेर अध्यक्षज्यू ले सोध्नुभयो। मैले हालसम्म एकताका लागि भएको प्रयासहरूलाई राखे। त्यसपछि भोलिसम्म कुरौँ भनेर बैठक स्थगित गर्नुभयो' संसदीय दलका उपनेता सुवास नेम्वाङले भने। 

सिंहदरबारमा शनिबार बिहान बसेको विघटित कार्यदलकाे बैठकमा पार्टी एकताका लागि दुवै पक्ष सकारात्मक देखिएकाे उनको भनाइ छ। नेम्वाङले भने, 'भीम रावलजीहरुले पनि आज बैठक नबासौँ भन्नुभएको थियो। अहिले उहाँहरु सल्लाहमै माधवजीलाई भेट्न कोटेश्वर जानुभएको छ।'

अब बैठक भोलि दिउँसो ३ बजे बस्ने भएको छ। तर दोस्रो तहका नेताहरुले एकताको प्रयास गर्दैगर्दा अध्यक्ष ओलीले आज नै नेता नेपाललाई देशद्रोहीको संज्ञा दिंदै एमालेमा कुनै ठाउँ नभएको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.