|

रौतहट : पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ।

शनिबार काठमाडौंमा नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो। वेथितिका विरुद्ध लड्न र समाजवाद स्थापनाको संघर्षका लागि नवगठित वामपन्थी संगठन आइटी आर्मीले नेपाल लाल गद्दार रहेको भन्दै जनप्रदर्शन गरेको छ।

दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको मतले निर्वाचित भएर प्रतिक्रियावादीको चरणमा पुगेर देउवालाई प्रधानमन्त्री बनाएकोले उनलाई रौतहटमा लाल गद्दारको संज्ञा दिएर विरोध प्रदर्शन गरिएको हो।

साथै देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउनु पनि आइटी आर्मीको मोटरसाइकल र्‍यालीको उद्देश्य रहेको बताइएको छ। रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आइटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए।

त्यहाँबाट बाल्चनपुर, जंगलसहिया, कटहरिया, दिपही, खेसरहिया हुँदै सुकदेव चौकमा आएर सभामा परिणत भई समापन गरेका थिए। मोटरसाइकल र्‍याली २५ हजारभन्दा बढी मोटरसाइकलसहित युवाहरुको सहभागिता रहेको राष्ट्रिय संयोजक चन्द्र भुषण साहले दाबी गरे।

र्‍यालीमा सहभागीहरुले लाल गद्दार माधव नेपाल मुर्दावाद, माधव नेपाल लाल गद्दार, लाल गद्दार होसियार, भ्रष्टाचारी होसियार, लुटआतङ्क बन्द गर जस्ता नारा लगाउदै जिल्ला परिक्रमा गरेका थिए।

मोटरसाइकल र्‍यालीमा वामपन्थी नेताहरु उपेन्द्र साह, कुन्दन कुश्वाहा, राजकिशोर यादव, त्रिभुवन साह, चन्देश्वर बैठा, राजन यादव, प्रेमलाल साहलगायतको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.