|

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रमा आज भेरोसेलको पहिलो डोज खोप दिने दिइने भएको छ। अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रसूति गृह अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज सिनमंगल, निजामती कर्मचारी अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर सामखुसी, सशस्त्र प्रहरी अस्पताल बलम्बु गरी ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ।

साथै‚ काठमाडौं महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहेको पनि जनाइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा भने खोप दिने कार्यक्रम रोकिएको छ। लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोभिडका बिरामीको चाप पनि बढ्न गएकाले ती दुई अस्पतालमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.