|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।

मन्त्रिपरिषद्को बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको हो।

अर्यालले कोरोना महामारीको समय २०७७ जेठ १८ गते देखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए।

नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो।

बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.