|

ओखलढुङ्गा :  कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय र वडा–११ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

वडा नम्बर ११ का पुरुषको शनिबार राति  उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए। संक्रमण देखिएपछि उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै‚ वडा नम्बर १२ का एक पुरुषको आइतबार बिहान मृत्यु भएको हो। उनी साउन १४ गते कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै ओखलढुङ्गामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.