माओवादीले अझै टुंग्याएन मन्त्रीका नाम

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा अझै टुंगो लगाउन सकेको छैन। आज बसेको स्थायी कमिटीको बैठकले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन नसकेकाे हाे। 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकार गठनका बिषयमा छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटी बैठक बस्छ। अध्यक्ष प्रचण्डले गठबन्धनसँग फेरि छलफल गर्नुहुन्छ। अब सरकारलाई पूर्णता दिनमा ढिलाइ हुँदैन।’

पार्टीबाट पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नदिएकै कारणले भोलिको लागि स्थायी कमिटी बैठक बस्ने उनको भनाइ छ। उनले जसपा र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णयपछि सरकार गठनले पूर्णता पाउने बताए। 

प्रवक्ता श्रेष्ठले भने, ‘जनता समाजवादी पार्टी र गठबन्धनमा सामेल हुनसक्ने सबै पार्टीको कारणले ढिलाई भएको हो। जसपाले वैधानिकताबारे मुद्दा परेकाले सरकार गठन रोक्न माग गरेको थियो। यसैलाई ध्यान दिएर ढिलाई गरेको हौँ। अब ढिलाइ गर्न हुन्न भन्नेमा गठबन्धन पुगेको छ, अब एकदुई दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’ नेपाल पक्षले पनि अब सरकारमा जाने नजाने भन्ने कुराको निर्णय दिन ढिला गर्न नहुने उनले बताए। 

यस्तै, माओवादीले साउन २० गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ। तयारी नपुगेको भन्दै साउन ३० गते बस्नेगरी बैठक स्थगित गरेको प्रवक्ता श्रेष्ठले बताए। बैठकले पार्टीका तल्लो तहसम्मका सबै कमिटीलाई यही २० गतेभित्र गठन समेत गर्न समेत निर्देशन दिएको छ। 

यस्तै, दार्चुलामा भारतीय एसएसबीले तुइन काटेको कारण एक युवा बेपत्ता भएकोप्रति गम्भीर ध्यानकर्षण भएकाे माओवादीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.