|

काठमाडौं : रोजगारीका लागि अमेरिका पुगेका  पर्वतका एक युवाको मृत्यु भएको छ। फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्युयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो।

पाँच वर्षअघि अमेरिका पुगेका लम्साल न्युयोर्कस्थित ग्रायान्ड एभिन्युमा बस्दै आएका थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए। उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै छ। हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

गैरआवासीय नेपाली संघ अमेरिकाको न्युयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दिपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.