|

पर्वत : म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग भनेको मालढुंगा बेनी सडक खण्ड हो।

खाद्यान्नदेखि निर्माण र अन्य सबै सामग्रीहरू उक्त सडक मार्गबाट ओसारपोसार हुने गरेका छन् भने एम्बुलेन्स पनि रफ्तारमा हुन्छन्। दैनिक सयौँको सङ्ख्यामा सवारीहरू आउजाउ गर्ने सडकको अवस्था हेर्दा लाग्छ कि राज्यले त्यो ठाउँ देखेको नै छैन।

करिब २५ वर्ष अगाडि बनेको सडक लामो समयपछि कालोपत्रे त भयो तर अहिले सडकमा कालोपत्रे कहाँ छ? भनेर खोजे देख्नै पाइँदैन। पवित्र कालीगण्डकी नदीको तिरैतिर बनेको सडक हेर्दै पर्यटकीय गन्तव्य मुस्ताङ हिँडेका आन्तरिक र बाह्य पर्यटकलाई पनि सडकले नै हैरान कटाउँछ।

सोही बाटोमा दैनिक यात्रा गर्दै आइरहेका फर्से धाइरिङ माविका प्रधानाध्यापक मुकुन्द आचार्यले दुई वर्ष अगाडि सडक कालोपत्रे गरेको भए पनि अहिले बाटो भन्नै लाज लाग्ने अवस्था रहेको बताउँछन्।

सडकमा ट्रक गुडाउँदै गरेका चालक जीवन थापा मगर पनि खाद्य सामग्री बेनी लैजान हप्तामै दुई पटक आउजाउ गर्छन्, तर उनलाई त्यो बाटोमा सकेसम्म हिँड्न नपरे हुँदो हो भन्ने लागेको छ।

१३ किलोमिटर लम्बाइको सडकको पुरै काम गाउँपालिकाले गर्न पनि असम्भव छ। पूरै भाग कालोपत्रे गर्नुपर्ने रहेकाले सङ्घीय सरकारले नै यसको लागि बजेटको व्यवस्थापन गर्नुपर्ने सडक रहेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए।

फोटोमा हेर्नुहोस् सडकको हालत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.