|

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेका छन्। जापान ओलम्पिकमा सनसनिपुर्ण प्रदर्शन गर्नै क्रममा उनले आइतबार पाँचौ स्वर्ण जिते।

आइतबार भएको चार गुणा १०० मिटर मिडले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दा ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याए। ड्रेसलसँगै राएन मर्फी,  माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान सहित स्वर्ण जिते।

उनीहरूले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे। टोकियो ओलम्पिकमा पाँच स्वर्ण  पुर्‍याउने क्रममा आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए।

२४ वर्षीय ड्रेसलले त्यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा मा ओलम्पिक रेकर्डसहित स्वर्ण जितेका उनले १०० मिटर बटरफ्लाइमा पनि नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितिसकेका छन्।

उनलाई 'नेक्स्ट माइकल फेल्प्स' को रुपमा समेत परिचित गराइएको छ। ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए। विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिएका थिए। 

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए। त्यतिबेला उनी १९ वर्षका थिए।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए। यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए।

माइकल फ्लेप्सले बेइजिङ ओलम्पिकमा भाग लिएका सबै ८ पौडी विधामा स्वर्ण जित्दै इतिहास रचेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.