|

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

८ हजार २ सय ४ जनालाई पिसिआर र ४ हजार २ सय ३४ जना एन्टिजेनमार्फत कुल १२ हजार ६ सय ३६ परीक्षण गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यही अवधिमा २ हजार २० जना निको भएका छन्।

देशभर कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७५ पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.