|

काठमाडौं : ईजाजतबिना उपचारमा संलग्न एक भारतीय चिकित्सकसहित तीन जनालाई प्रहरीले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको छ।

चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होम प्रा. लि.मा कार्यरत भारतीय नागरिक सौरभ कुमारसहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनले ईजाजतपत्रबिना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरिरहेको पाइएको ब्यूरोले जनाएको छ। प्रहरीले सौरभलाई काममा लगाउने उक्त डेन्टलका सञ्चालक राधा कृष्ण तामाङ र डा. रावेत रञ्जन कुमार ठाकुरलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारबाही गर्न आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.