|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले पदबाट राजीनामा दिएका छन्।

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिएका हुन्।

सहायक महासचिव अर्यालले २०६६ माघ २६ को साधारणसभाले विधान संसोधन गर्दै मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहन नैतिक संकट परेकोले पदबाट अलग हुने निर्णय गरेको बताएका छन्।

अर्याल मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आएका थिए। अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.