|

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७८४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यस्तै‚ सोही अवधिमा ४२४ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा इरानमा ३२ हजार ५००‚ इन्डोनेसियामा ३० हजार ७००, बेलायतमा २४ हजार ४००, रसियामा २२ हजार, अमेरिकामा २१ हजार, टर्कीमा २० हजार ८०० र ब्राजिलमा २० हजार ५०० जना कोरोना संक्रमित फेला परेका छन्। यससँगै विश्वभर ४ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

यो अवधिमा इन्डोनेसियामा १ हजार ६०४, रसियामा ७८९, मेक्सिकोमा ४५० तथा ब्रजिलमा ४४९ सहित विश्वभर ७ हजार १७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट विश्वभर मृत्यु हुनेको कुल संख्या ४३ लाख ३९ हजार ६०० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.