|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।  

बैठक सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ। आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए। 

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार  नेपाल समूह  तत्काल सरकारमा सहभागी नहुने र एमालेमै फर्किने सम्भावना देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए। 

माधव समूह सरकारमा सहभागी नहुने भएपछि मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा माओवादी लागेको हो।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सहभागी छन्। माओवादीको भागमा ७ वटा मन्त्रालय परेको बताइएको छ। 

आइतबारको बैठकले केन्द्रीय कमिटी बैठक साउन ३० का लागि सार्ने लगायत निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.