|

दाङ : तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई प्रतिमान निमा मेमोरियल फाउन्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

उन्डेसनले १० वटा अक्सिजन सिलिन्डर, १० लिटरको अक्सिजन कन्सन्ट्रेट आठवटा‚ अक्सिजन रेगुलेटर १० वटा , पिपीई २०० सेट, सर्जिकल मास्क एक हजारवटा, सर्जिकल क्याप २०० वटा, फेस सिल्ड २०० वटा, सुज कभर २०० वटा, ग्लोब्स २०० वटा र स्यानिटाइजर १२० लिटर सहयोग गरेको फाउन्डेसनका निर्देशक धर्मबहादुर केसीले जानकारी दिए। निर्देशक केसीले स्वास्थ्य सामग्री दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई हस्तान्तरण गरेका हुन्।

भैरहवामा कार्यालय रहेको फाउन्डेसनले कोभिड १९ बाट प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरेको केसीले बताए। प्रजिअ कुरुम्बाङले अत्यावश्यक सामग्रीले ठूलो राहत भएको बताए। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले संस्थाले दिइएको स्वास्थ्य सामाग्रीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धेरै राहत हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.