|

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदनहरू छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारितका लागि पेश हुने छ। 

विधायन व्यवस्थापन समितिकै प्रतिवेदन सहितको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

बैठकमा पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पनि पारित गरिने संघिय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.