|

काठमाडौं : राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आज आठौं वार्षिकोत्सव मनाउँदैछ। 

नेपाल सरकारको लगानीमा २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो। सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा ब्यवसायको कारोबार शुरु भएको थियो।

बीमा ऐन २०४९ मा जीवन तथा निर्जीवन बीमा ब्यवसाय एउटै संस्थाले गर्न नपाउने व्यवस्था गरेपछि राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागलाई अलग संस्थाबाट सन्चालन गर्न निर्णय गरेबमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना भएको थियो। 

त्यसपछि २०७१ साल साउन १८ गतेदेखि कम्पनीले कारोबार शुरु गरेको हो। यो कम्पनी नेपाल सरकारको स्वामित्व रहेको एक मात्रै निर्जीवन बीमा कम्पनी हो ।

वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ को प्रभावबाट देशको अर्थतन्त्रमा पार्न सक्ने प्रभावको जोखिम न्यूनीकरण गर्नतर्फ सजग रही गुणस्तरीय, प्रभावकारी सेवा र विश्वसनीय काम गर्न कम्पनीलाई आग्रह गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.