|

काठमाडौं : बागलुङको गल्कोट नगरपालिका–१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्। ​

काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्रिबस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो। बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिए। 

बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।  घाइतेहरुलाई उपचारको लागी धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.