|

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या स्थिर रहेको छ।

पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरू थपिएको देखिएको छ।

त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको संख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरूले जनाएका छन्। 

कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरूको संख्या ४० हजारको आसपासमा सीमित भएको विश्लेषण गरिएको छ। अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार १३४ जना नयाँ सङ्क्रमित भएका छन्।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरूको कूल संख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ।

त्यसैगरी कोरोनाका कारण कूल मृतकको संख्या चार लाख २४ हजार ७७३ पुगेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको संख्या चार लाख १३ हजार ७१८ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरूको संख्या भन्दा सङ्क्रमणमुक्त भएकाको संख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको संख्या भने बढेको छ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कूल संख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३५ प्रतिशत सङ्क्रमितहरू सङ्क्रमणमुक्त भइसकेका छन्।

भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.